२०८१ असार १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीपुलबाट खैरो हेरोइनसहित दमकका सुनुवार पक्राउ


मेचीनगर, असार ८ । प्रहरीले झापाको काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपाल आउँदै गरेका दमक ४ का २७ वर्षीय बिर्जेस सुनुवारमाथि शंका लागेर लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले तलासी लिएको थियो ।

सुनुवारको शरीर तलासी लिँदा उनले बायाँ खुट्टामा लगाएको जुत्ताभित्र लागुऔषध खैरो हेरोइन लिसाइलो पदार्थ भेटिएको थियो ।

उनको साथबाट २ ग्राम ४७० मिलिग्राम लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer