२०८३ बैशाख १२ शनिबार
Jhapa Today
Adv top

झापामा हावाहुरीसहित हल्का वर्षा, दिनभर आंशिक बादल लाग्ने


बिर्तामोड, बैशाख १२। नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । सोही कारण आज बिहान झापाका विभिन्न भूभागमा हावाहुरी र मेघगर्जनसहित सामान्य वर्षा भएको छ ।

आज शनिबार कोशी, बागमती र गण्डकीका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले पहाडी भेगमा भने गर्मीबाट केही राहत मिल्ने देखिन्छ ।

यद्यपि, देशको दक्षिणी भेग भने प्रचण्ड गर्मीको चपेटामा परेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिनसम्म मध्यम खालको तातो लहर चल्ने देखिएको छ ।

आउँदो साताको सुरुदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना छ । यसले गर्दा ती क्षेत्रको तापक्रममा सामान्य गिरावट आउने र वायु प्रदूषण तथा तुवाँलोको अवस्थामा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

Adv footer