२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

पाँच दिन बित्यो, अझै भेटिएनन् कमल बाह्रघरेका ती किशोरी


दमक, असार ९ । झापाको कमल गाउँपालिका वडा नम्बर ७ को एकै गाउँबाट बेपत्ता भएका तीनजना किशोरीबारे अझै पत्ता लागेको छैन ।

किशारी हराएको झन्डै एक साता हुन लाग्दा पनि उनीहरुबारे कुनै पनि जानकारी प्राप्त भएको छैन । किशारीहरु एकैसाथ हराएको ५ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि परिवारले चिन्ता गरेको छ ।

१३ वर्षीया जेनिसा श्रेष्ठ, १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकीयासन असार ५ गतेदेखि बेपत्ता भएका हुन् । परिवारले उनीहरको खोजीका लागि प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् ।

प्रहरी स्रोतका अनुसार उनीहरु मोबाइलको लोकेसन जनकपुर आसपास देखाएको थियो । किशोरीहरुले आफूहरुलाई नखोज्न भनेको र पारिवारिक कारण घर छोडेको बताएको उनीहरुमध्ये एकजना किशारीका ठुलोबुवाको छोराले जानकारी दिए ।

किशोरीहरुबारे परिवारले जानकारी दिएपछि कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले इलाका प्रहरी कार्यालय दमक पुगेर खोजी कार्यका प्रहरीलाई अनुरोध गरेका छन् ।

आफ्ना छोरीहरू बेपत्ता भएको घटनाबारे इलाका प्रहरी कार्यालय दमकमा अभिभावकले लिखित हुलियासहितको निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको र खोजीका लागि विशेष टोली नै परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष राईका अनुसार गाउँपालिकाले इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापासँग भेटेर र प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख लगायतका सुरक्षा निकायका प्रमुखसँग फोनमार्फत किशोरीको खोजीका लागि पहल गर्न अनुरोध गरिएको छ ।

पाडाजुँगीबाट रतुवा खोलाको किनारै किनार दक्षिणतर्फ रहेको बाह्रघरे टोलका उनीहरुले घर छोड्नुको कारण अझै पत्ता लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer