२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा हतियार प्रहार गरी वृद्धाको हत्या, सिक्कल हान्ने तामाङ पक्राउ


भद्रपुर, असार १४ । झापाको भद्रपुरमा एक पुरुषले धारिलो हतियारले हानेर वृद्ध महिलाको हत्या गरेका छन् ।

आज दिउँसो ३ः३० बजेको समयमा भद्रपुर २ डिगाउँकी ७० वर्षीया गौरीमाया तामाङलाई छिमेकी अन्दाजी ३५-४० वर्षका राजेश तामाङले धारिलो सिक्कलले हानेका थिए ।

राजेशले गौरीमायाको घरमा गई धारिलो हतियार सिक्कलले घाँटीको दाहिने भागमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

महिलाको घटनास्थलमै मृत्यु भएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

हतियार प्रहर गरी महिलाको हत्या गर्ने राजेशलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer