२०८१ असार २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गाउँपालिकामा पतिद्वारा पत्नीको हत्या


बिर्तामोड, असार २१ । झापाको दक्षिणी सीमावर्ती झापा गाउँपालिकाको कामाटोलीमा पत्नीकोे हत्या गरेर पति भागेका छन् ।

झापा गाउँपालिका वडा नम्बर ३ कामाटोली निवासी अन्दाजी वर्ष ३३–३४ को सतिसकुमार गणेशले आफ्नी पत्नी अन्दाजी वर्ष २४–२५ की अनिशाकुमारी गणेशको हत्या गरेका हुन् ।

अनिशाको हत्या उनकै पति सतिशले गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बयान दिएका छन् । पत्नीको हत्यापछि सतिसकुमार भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दिउँसो पौने ४ बजे दुई छोरी विद्यालयबाट घर फर्किएपछि कोठामा आमा रक्ताम्मे अवस्थामा खाटमा लडेको देखेपछि तत्काल छरछिमेकलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी टोली घटनास्थल पुगेका थिए । घटना शुक्रबार दिउँसो करिब साढे १२ बजेको समयमा भएको प्रहरीको भनाइ छ । सोही बेला सतिसलाई स्थानीयले अनिशाको घर आसपास देखेका थिए ।

अनिशा पति सतिसलाई छाडेर दुई छोरीसहित छुट्टै बस्दै आएकी थिइन् । अनिशा र सतिसबीच सम्बन्ध राम्रो थिएन । सतिसले पहिला पनि पत्नीलाई कुटपिट गर्दै आइरहेका थिए ।

उनीहरू सम्बन्धविच्छेद गर्ने अवस्थामा पुगिसकेको र पटकपटक गाउँ छिमेकीमा सो विषयमा छलफल समेत भइसकेको स्थानीयले बताएका छन् ।

अनिशाको माइती घर झापा गाउँपालिका–७ सिमलबाडीनजिक झाँगाटोलीमा पर्छ । प्रहरीका अनुसार घटनापश्चात सतिस भागेको र उनको खोजी कार्य भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer