२०८१ असोज ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

न्यु स्टार क्लब जिल्लास्तरीय फुटबलको तयारी धमाधम


बिर्तामोड, असोज ५ । झापाको बिर्तामोडस्थित खेपबाडीमा आयोजना हुने जिल्लास्तरीय फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ ।

यसअघि अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप सञ्चालन गर्दै आएको आयोजक न्यु स्टार क्लब बिर्तामोड-७ ले खेलमैदान मर्मतको काम धमाधम गरिरहेको छ ।

स्थानीय सुन्दर निचाझोडा वनको खोपबाडी खेलमैदान स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूले जानकारी दिए ।

क्लबका सबै सदस्य तथा स्थानीयबासीको सहयोगमा खेलमैदानमा रहेका अनावश्यक झार उखेल्ने, खाल्डाखुल्डी पुर्ने, दर्शक बस्ने स्थान र मैदान सम्याउने काम भइरहेको क्लबका सचिव क्लबका सचिव सरोज खत्रीले बताए ।

असोज १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा झापाका आठ टिमको सहभागिता रहने सहसचिव डिल्लीराम चम्लागाईंले बताए ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित आकर्षक ट्रफी पाउनेछ । यसैगरी, प्रत्येक खेलको प्लेयर अफ द म्याच बन्ने खेलाडीले नगद २ हजार पाउने छन् ।

विधागततर्फ पाँचवटा विधामा जनही ३३ सय र बेस्ट प्लेयर बन्ने खेलाडीले ट्रफीसहित नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।

करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयसहित स्थानीय दाताबाट आर्थिक संकलन हुने आयोजकले अपेक्षा लिएको छ ।

झापा जिल्ला फुटबल संघ र रेफ्री संघको प्राविधिक सहयोग रहने प्रत्योगितामा किट पार्टनर बिर्तामोडको जोया स्पोर्टस् ब्रान्ड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer