२०८१ असोज ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ को तयारी पूरा


बिर्तामोड, असोज ५ । झापाको बिर्तामोड-२ सोमबारेमा बडादसैँको उपलक्ष्यमा आयोजना हुने फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

पहिलोपटक प्रतियोगिता गर्न लागेको आयोजक योङ स्टार फुटबल क्लब बिर्तामोड–२ ले खेलमैदान मर्मतको काम सम्पन्न गरेको छ ।

क्लबका सबै सदस्य तथा स्थानीयबासीको सहयोगमा खेलमैदानमा रहेका अनावश्यक झार उखेल्ने, खाल्डाखुल्डी पुर्ने, दर्शक बस्ने स्थान र मैदान सम्याउने काम सकिएको क्लबका अध्यक्ष उमेश राईले जानकारी दिए ।

जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ यही असोज ७ गतेदेखि १३ गतेसम्म आयोजना हुने आयोजक संस्थाका क्लबका सचिव माधव खरेलले जानकारी दिए ।

खेल क्षेत्रको प्रवर्धन र सामाजिक क्षेत्रअन्तर्गत सोमबारे क्षेत्रमा पर्ने करिब १८०० मिटर सडकमा रहेको बिजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्षले राईले बताए ।

अनुमानित ६ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताको लागि ४ लाख रकम सहयोगस्वरुप प्राप्त भइसकेको र बाँकी रकम पनि उठ्ने क्रममा रहेको आयोजकले जनाएको छ ।

सोमबारे क्षेत्रमा बसोबास गर्ने हाल वैदेशिक रोजगारीमा रहेका युवाहरुले पठाएको आर्थिक सहयोगले प्रतियोगिता सुरु हुन लागेको सचिव खरेलले बताए ।

खरेलका अनुसार आयोजक, शनिश्चरे, राजगढ, अर्जुनधारा, जलथल, कनकाई, सैनिक बजार, शिवशताक्षी, चन्द्रगढी, घैलाडुब्बा, बुट्टाबारी र बिर्तामोडका क्लबहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र र ट्रफी मेडल प्राप्त गर्ने छन् । अन्य छवटा विधागत पुरस्कार पनि दिइने अध्यक्ष राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer