२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सोमबारे फुटबलः जलथल र घैलाडुब्बा विजयी


बिर्तामोड, असोज ९ । झापाको बिर्तामोड-२ सोमबारेमा जारी जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा जलथल र घैलाडुब्बा विजयी भएका छन् ।

तेस्रो दिनको पाँचौँ खेलमा जलथलले अर्जुनधारा ५ स्पोर्टिङ क्लबलाई टाइब्रेकर मा हरायो । निर्धारित समयमा ११ गोलको बराबारी टुंगिएको खेल पेनाल्टी सुटबाट निर्णय लिइएको थियो ।

त्यस्तै, छैटौँ खेलमा आयोजक यङ स्टार एफसीविरुद्ध घैलाडुब्बा हाबी भयो । घैलाडुब्बाले यङ स्टारलाई २१ गोल अन्तरले हरायो ।

खेलको ११ औँ मिनेटमा राजन बेस्राले गोल गरे भने ३५ औँ मिनेटमा श्याम मुर्मूले अग्रता दोब्बर बनाए । यङ स्टारका सन्तोष थेवेले अतिरिक्त समयमा एक गोल फर्काए ।

पहिलो खेलको प्लेयर अफ द म्याच जलथलका गोलकिप्पर समिर लिम्बू भए भने दोस्रो खेलको घैलाडुब्बाका श्याम मुर्मू भए ।

उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, आयोजक अध्यक्ष उमेश राई लगायतले ट्रफी प्रदान गरे ।

बडादसैँको उपलक्ष्यमा भइरहेको फुटबल प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको क्लबका सचिव माधव खरेलले बताए ।

खेल क्षेत्रको प्रवर्धन र सामाजिक क्षेत्रअन्तर्गत सोमबारे क्षेत्रमा पर्ने करिब १८०० मिटर सडकमा रहेको बिजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्षले उमेश राईले बताए ।

प्रतियोगिताका विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र र ट्रफी मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव खरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer