२०८१ असोज १९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ४ सेमिफाइनलमा


बिर्तामोड, असोज १८ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तरवडा फुटबल प्रतियोगितामा वडा नम्बर ४ ले शानदार जित दर्ता गरेको छ ।

आज भएको खेलमा वडा नम्बर ६ लाई ३-० गोलको फराकिलो अन्तरले हराउँदै वडा नम्बर ४ सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको ४५ औँ मिनेटमा वडा नम्बर ४ का भूपेन लिम्बूले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ५५ औँ र ७२ औँ मिनेटमा हिसुब थपलियाले दुई गोल गरे जित निश्चित बनाए । खेलको प्लेयर अफ म्याच वडा नम्बर ४ का दुई गोलकर्ता राष्ट्रिय टिमका सदस्यसमेत रहेका थपलिया भए ।

उनलाई समिति अध्यक्ष विकास गिरी र वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईंले नगद २ हजार र ट्रफी प्रदान गरे ।

पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा जारी छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष गरुङले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी पाउँदा प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद दुई हजार र ट्रफी पाउने छन् ।

विधागत रुपमा उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले नगद पाँच हजार र ट्रफी पाउने सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न आठ लाख ४६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer