२०८१ असोज २० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड अन्तरवडा फुटबल: वडा नम्बर ३ सेमिफाइनलमा


बिर्तामोड, असोज २० । आशिष चापागाईंको पाँच गोल मद्दतमा वडा नम्बर ३ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा वडा नम्बर १ लाई ५-० गोलको फराकिलो अन्तरले हराउँदै वडा नम्बर ३ ले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेलको दोस्रो, १९ औँ, २५ औँ, ३३ औँ र ४९ औँ मिनेटमा चापागाईंले गोल गर्दै वडा नम्बर ३ का लागि शानदार प्रदर्शन गरे ।

खेलको प्लेयर अफ म्याच वडा नम्बर ३ का पाँच गोलकर्ता चापागाईं भए । उनलाई समिति उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङ र वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकीले नगद २ हजार र ट्रफी प्रदान गरे ।

उनलाइ व्यक्तिगत रुपमा वडा नम्बर ३ वडा सदस्य हरि बाँसकोटाले नगल एक हजार र डम्बर बस्नेतले नगद दुई हजार प्रदान गरे ।

यसैबीच, यसअघि भएको भेट्रान प्रतियोगितामा वडा नम्बर १ ले वडा नम्बर ३ लाई टाइब्रेकरमा हरायो ।

पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा जारी छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समिति अध्यक्ष विकास गिरीले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी पाउँदा प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद दुई हजार र ट्रफी पाउने छन् ।

विधागत रुपमा उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले नगद पाँच हजार र ट्रफी पाउने सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न आठ लाख ४६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer