२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

खेलप्रेमी, सामाजिक व्यक्तित्व डिके गुरुङको निधन


बिर्तामोड, असोज २६ । झापा बिर्तामोडका खेलप्रेमी एवं सामाजिक व्यक्तित्व डिके (धनकुमार गुरुङ)को आज बिहान निधन भएको छ ।

बिर्तामोड-१ निवासी गुरुङको ६५ वर्षको उमेरमा आज बिहान ३ बजे निजी निवासमा निधन भएको हो । पूर्व भारतीय सेना उनी प्रेसर , सुगरलगायतका समस्याबाट पीडित थिए । उनी भूपू सैनिक संघका पूर्व अध्यक्ष हुन् ।

यसैगरी, उनी सुकृति स्पार्टिङ क्लब तथा बिर्तामोड फुटबल क्लबका अध्यक्ष हुन् । यसैगरी, तमु ह्युल छाेंज धिं गुरुङ समाज बिर्तामोड नगरका संस्थापक अध्यक्ष पनि हुन् । डिके गुरुङ मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङका काइला दाजु हुन् ।

साविक रानीटार २, हाल फिदिम ७ मा २०१६ भदाै २४ गते जन्मिएका गुरूङका एक श्रीमती र छाेरा रहेका छन् । युकेमा रहेका छाेरा फर्किएपछि दाहसंस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer