२०८१ कार्तिक ९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मानेभन्ज्याङ रोलिङ च्यालेञ्ज कपको उपाधिनजिक


मेचीनगर, कात्तिक ८ । पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको उपाधिनजिक पुगेको छ । इलामको रेडहर्स एफसीलाई रोक्दै मानेभन्ज्याङ फाइनलमा प्रवेश गरेको हो ।

बिहीबार धुलाबारी नुमना माविको खेलमैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा ४-३ गोलअन्तरको जित निकाल्दैे मानेभन्ज्याङले फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा १-१ को बराबरीमा खेल सकिएपछि निर्णयका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो । जितका लागि मानेभन्जयाङका पीयूष श्रेष्ठ, बालकुमार राई, रोबर्ट र श्याम मुर्मुले गोल गरेका थिए । अर्का खेलाडी रोमन भुजेलको प्रहार इलामका गोलरक्षक विवेक मगरले बचाए ।

यता रेडहर्सका तर्फबाट आयुष तिम्सिना, विवेक मगर र सन्तोष कार्कीले गोल गरेका थिए भने साङ्गे शेर्पा र विवेक सुनामको प्रहार पोष्टको दिशा दिन नसकेपछि फाइनल पुग्ने सपना अधुरो रहको थियो ।

यता निर्धारित समयमा खेलको २१औँ मिनेटमा मानेभन्जयाङका पीयूष कार्कीले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । तर, २८औँ मिनेटमा रेडहर्स इलामका तर्फबाट विदेशी खेलाडी अजय मार्टिनले बराबरी गोल गरेका हुन् ।

खेलको प्लेयर अफ द म्याच मानेभन्जयाङका पीयूष ठकुरी घोषित भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई एन्फाका पूर्वकेन्द्रीय सदस्य महेन्द्र लिम्बू, मेचीनगर १ का वडा अध्यक्ष रामकुमार राई, खेलप्रेमी सन्जय शर्मा, क्लबका अध्यक्ष नोभेम्बर विक्रम नेम्बाङलगायतले नगद तथा ट्रफी प्रदान गरे । साथै राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठलाई सम्मान गरिएको थियो ।

शनिबार हुने फाइनल खेलमा आयोजक रोलिङ क्लब र मानेभन्ज्याङ फुटबल क्लब दार्जीलिङबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार पाउने छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer