२०८१ मंसिर १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिरिङ खोलामा छठ पूजाको तयारी पूरा


बिर्तामोड, कात्तिक २० । झापाको सबैभन्दा भव्य र ठुलो बिरिङ खोला किनारमा आयोजना गरिने छठ पूजाको तयारी पूरा भएको छ ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छठ समाज सेवा समिति बिर्तामोडले पूजाका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो ।

छठ समाज सेवा समिति बिर्तामोड ले २०७१ सालदेखि बिरिङ खोलाको किनारमा पूजा आयोजना गर्दै आएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार त्यसअघि बिर्तामोडस्थित अदुवा खोलामा पूजा गर्ने गरिन्थ्यो । पूजा गर्नेहरुको संख्या बढ्दै गएपछि बिरिङमा पूजा गर्न थालिएको हो ।

छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदीले यो वर्षको छठ विगत वर्षहरुको भन्दा भव्य हुने बताएका छन् । उनले गत वर्ष ३०० रहेको छठ पूजा गर्ने घाटको संख्या ४०० पुर्‍याउने जानकारी दिए ।

उनले बर्सेनि छठ पूजाको लागि व्रत बस्नेहरुको संख्या बढ्दै गएको जानकारी दिएका छन् । छठ पुजा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको उनको भनाइ छ ।

छठ पूजालाई सुरक्षित र व्यवस्थित बनाइने समितिका पूर्वअध्यक्ष घनश्याम चौधरीले जानकारी दिए । उनले ट्राफिक व्यवस्थापनदेखि पार्किङसम्मको व्यवस्थापनलाई व्यवस्थित गरिने बताए ।

बिरिङमा बिर्तामोड, चारपाने, लक्ष्मीपुर र दुर्गापुरका व्रतालुहरुले पूजा गर्ने महासचिव अशोककुमार चौधरीले जानकारी दिए । पूजा सम्पन्न गर्नका लागि १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रमअनुसार बिहीबार दिउँसो ३ बजे बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । बिहीबार साँझ अस्ताउँदो सूर्य र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पूजा सम्पन्न गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer