२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

धुलाबारीबाट अवैध मदिरा बरामद


बिर्तामोड, मंसिर ३ । झापाको मेचीनगर-१० धुलाबारीबाट प्रहरीले ठुलो परिमाणमा अवैध रक्सी बरामद गरेको छ ।

आइतबार राति मेचीनगर-१० धुलाबारी चोकबाट इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधन जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको ३३७ पिस वल्ड मंक बरामद गरेको हो ।

प्रतिबोतल २५४ रुपैयाँका दरले करिब १ लाख ३६ हजार ९५६ रुपैयाँ बराबरको रक्सी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer