बिर्तामोड, मंसिर १० । प्रहरीले वैदेशिक रोजगार ठगीको आरोपमा झापाका एकजनालाई काठमाडौँबाट पक्राउ गरेको जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार झापा बाह्रदशी-३ का ४१ वर्षीय कार्तिकलाल राजवंशीलाई दरबारमार्गबाट पक्राउ गरिएको हो ।
राजवंशीले एकजना व्यक्तिलाई अल्बानिया पठाइदिन्छु भनेर सात लाख ७० हजार रुपैयाँ लिएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।
उनले वेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर अल्बनिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर राखेको जिसीले बताए ।
राजवंशीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको कार्यालयले जनाएको छ ।