२०८१ मंसिर १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टामा ७०० केजी अवैध लसुन बरामद


बिर्तामोड, मंसिर १२ । प्रहरीले झापाको मेचीनगरबाट भारततर्फ तस्करीका लागि तयार गरिएको अवैध लसुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर-६ बाँसझ्याङमा अवैध रुपमा ल्याएर लुकाइछिपाई राखिएको बेवारिशे अवस्थामा दसुन बरामद गरेको हो ।

प्रहरीका अनुसार हिजो राति ०८ः३० बजे भेटिएको लसुन ७०० केजी रहेको र लसुनको मूल्य अन्दाजी दुई लाख ४० हजार रुपैयाँ रहेको छ ।

बरामद गरिएको लसुन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer