२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

सुन भन्दै पहेँलो धातु देखाएर ठग्ने चार झापालीसहित छजना पक्राउ


बिर्तामोड, मंसिर १८ । नक्कली सुनको गरगहना भन्दै ठगी गर्ने गिरोहमा संलग्न चार झापालीसहित छजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको कमल, बाँसबारी बस्ने ५२ वर्षीय अशोक तामाङ, कनकाई–९ घैलाडुब्बा बजार बस्ने ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा–११ बस्ने ५४ वर्षीय प्रविन तामाङ, हल्दिबारी–३ बाघडाँडा बस्ने ६६ वर्षीय रामबहादुर कन्दङवा छन् ।

त्यस्तै, भारत बंगालको नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ र नक्सलबारी दयारामजोत बस्ने ३४ वर्षीय संजय शर्मा छन् ।

प्रहरीले अभियुक्तहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातु तिलहरी ४ थान, हारजस्तो देखिने मंगलसूत्र २ थान, सुनजस्तो देखिने टिल ८ थान, कानको रिङ, बेरुवा औँठी, लकेट भएको सिक्री कानको झुम्का, ब्रासलेट र कानको रिङ १/१ थान बरामद गरेको छ ।

त्यस्तै, औँठी १०, चाँदीको पाउजु ४, चाँदीको ब्रासलेट १, जिमाला १, सिक्री १, कालो पोते १ थान बरामद गरेको छ । २ लाख ७२ हजार ४३० रुपैयाँ र २ हजार ६३० भारु बरामद गरेको छ ।

Adv footer