२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

मलद्वारमा हेरोइन ल्याउने उर्लाबारीका सुवेदी पक्राउ


बिर्तामोड, मंसिर २१ । झापाको काँकरभिट्टाबाट प्रहरीले मलद्वारमा लागुऔषधसहित मोरङका एकजना युवालाई पक्राउ गरेको छ ।

आज दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले काँकरभिट्टास्थित पुरानो मेचीपुलमा उर्लाबारी-३ का ४० वर्षीय खेमराज सुवेदीलाई पक्राउ गरेको हो ।

भारतबाट सिटी रिक्सामा नेपालतर्फ आउँदै गरेका सुवेदीलाई जाँच गर्दा उनले प्लाष्टिकमा पोको पारेर मलद्वार लुकाएर तीन ग्राम खैरो हेरोइन ल्याएको पाइएको थियो ।

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer