२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

झापा गाउँपालिकामा ८१ वर्षीया वृद्धाको हत्या, दुईजना पक्राउ


बिर्तामोड, मंसिर २२ । झापाको झापा गाउँपालिका वडा नम्बर ६ मा ८१ वर्षीया वृद्धाको हत्या भएको छ ।

हत्या गरेर गाईवस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेको अवस्थामा झापा-६ की ८१ वर्षीया फूलमणि सोरेनको शव आज साँझ भेटिएको हो ।

घरका अरु सबै सदस्य मकै रोप्न गएका बेला फूलमणिको हत्या भएको हो । काम सकेर घर फर्किंदा वृद्धा फूलमणिलाई नदेखेपछि खोजी गर्ने क्रममा डुँडमा परालले छोपेर राखेको अवस्थामा उनको शव भेटिएको थियो ।

मृतकका ज्वाइँले डुँडको पराल हटाउन खोज्दा वृद्धाको शव देखेको झापा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवीनकिशोर थापाले बताए ।

मुढामा बसेर तोरीको साग केलाउँदै गर्दा ती वृद्धालाई फरुवाले हानेर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

फरुवा घटनास्थलमा भेटिएको छ । प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान गरिरहेको वडा अध्यक्ष थापाले जानकारी दिए ।
घटनामा संलग्न भएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

Adv footer