२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

फेसबुकमार्फत ठग्ने एक झापालीसहित तीनजना पक्राउ


बिर्तामोड, मंसिर २४ । सामाजिक सञ्जाल फेसबुकमार्फत लोभ देखाउँदै ठग्ने झापा बिर्तामोडका एकजनासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड-३ का २१ वर्षीय अजित भण्डारी, गोरखा सिरनाचोक-५ का १९ वर्षीय विपिन मक्राती र नुवाकोट म्यागङ-२ का २१ वर्षीय मधु तामाङ रहेका छन् ।

उनीहरुलाई आज काठमान्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनीहरुले फेसबुकको मार्केटप्लेसमा आइफोन सेट सस्तो मूल्यमा बिक्रीमा रहेको भन्ने झुठो विज्ञापन पोस्ट गरेर ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितहरुलाई अग्रिम रकम समेत पठाउन लगाई ठगी गर्ने कार्यमा उनीहरुको संलग्नता रहेको आचार्यले जानकारी दिए ।

उनीहरुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमान्डू पठाइएको छ ।

Adv footer