बिर्तामोड, पुस १४ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।
सात दिनको म्याद सकिएर शुक्रबार थप म्यादका लागि शिवाकोटीलाई प्रहरीले जिल्ला अदालत लगेको थियो । शुक्रबार पाँच दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न चार, पाँच र त्यसपछि सात गरी १८ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले शिवाकोटीलाई घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीयामाथि जबरजस्ती करणीको आरोपमा गत मंसिर २५ गते पक्राउ गरेको हो ।