२०८३ बैशाख ३१ बिहीबार
Jhapa Today
Adv top

कचनकवलमा हात्ती आक्रमणबाट राजवंशीको मृत्यु


बिर्तामोड, पुस १७ । झापा कचनकवलकी एकजना महिलाको स्थानीय वनमा दाउरा खोज्न जाँदा हात्ती आक्रमणमा मृत्यु भएको छ ।

कचनकवल ७ तारावनास्थित दिपज्योति सामुदायिक वन गएकी स्थानीय ३५ वर्षीया केलावत्ती राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

आज मध्यान्ह दिपज्योति सामुदायिक वनमा उनीसहित स्थानीय १५–२० जना महिला दाउरा र घाँस काट्न गएका थिए । उनीहरुलाई एउटा जंगली हात्तीले लखेटेको प्रहरीले जनाएको छ ।

राजवंशी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा वनक्षेत्र नजिकै उनी घाइते अवस्थामा भेटिएकी थिइन् ।

उनलाई साँझ ४ः४० बजे उपचारको लागि ओम साई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो ।

थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकोमा साँझ ५ः१० बजे अस्पताल पुर्‍याउनसाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिइन् ।

Adv footer