
बिर्तामोड, पुस १८ । झापाको दक्षिणी सीमावर्ती पालिका कचनकवलमा मध्यरातमा धानको कुन्यू र बालीमा आगजनी गरिएको छ ।


कचनबवल-२ बगलामारीका नारायण राजवंशीको करिब चार बिघा जग्गाको धानबालीमा राति करिब १२ः३० बजे आगजनी गरिएको स्थानीय जंगबहादुर राजवंशीले फेसबुकमा लाइभ गरेको भिडियोमा जनाइएको छ ।


उनका अनुसार कसैले नियतवश धानको कुन्यूमा आगजनी गराएको आशंका गरिएको छ । भद्रपुर नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।


घटनाको क्षतिबारे प्रहरीले विवरण संकलन गर्ने जनाइएको छ । कचनकवलमा यसअघि पनि पटकपटक धानको कुन्यू र बालीमा आगजनी हुँदै आएको छ ।
घटनाबारे प्रहरीलाई जानकारी गराइएको र घटनाको सत्यतथ्य अनुसन्धान गर्न स्थानीयबासीले पालिका र प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

