बिर्तामोड, पुस २४ । झापाको काँकरभिट्टामा बिस्कुटको प्याकेटभित्र भारतबाट ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ-४ रवि का ३१ वर्षीय दिलप्रसाद राई र ५ नम्बर वडा घर भई हाल दमक २ हिमालय टोलमा बस्ने २९ वर्षीया स्मारिका नेम्वाङ रहेका छन् ।
हिजो राति ८ः३० बजे काँकरभिट्टास्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकरभिट्टातर्फ आउँदै गरेका उनीहरुलाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुले झोलामा पतञ्जली दुध लेखिएको बिस्कुटको प्याकेटभित्र लुकाएर ब्राउनसुगर ल्याएको झापाका प्रवक्त कृष्णकुमार चन्दले जानकारी दिए ।
४ ग्राम ब्राउनसुगरसहित दुवैलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Comments are closed