बिर्तामोड, पुस २४ । झापाको बिर्तामोडमा गर्भपतन गरेर फ्याँकिएको नवजात शिशु सडकछेउमा भेटिएको छ ।
गर्भमा अन्दाजी ३÷४ महिनाको जस्तो देखिने नवजात शिशु बेवारिसे अवस्था बिर्तामोड-५ को जात्रुबारीमा भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले झापा टुडेलाई जानकारी दिए ।
आज दिउँसो अन्दाजी २ः३० बजे जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा घोप्टो परेको अवस्था शिशुको शव भेटिएको हो । शिशुको शव भेटिएकोबारे अनुसन्धान भइरहेको विष्टले जानकारी दिए ।
Comments are closed