बिर्तामोड, पुस २४ । प्रहरीले झापाको काँकरभिट्टाबाट गैँडाको खाग र लागुऔषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम रहेको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त प्रवक्ता मेहेगी ल्हामु तामाङले जानकारी दिइन् ।
काँकरभिट्टाको हिमालय गेस्ट हाउसको कोठा नम्बर १०२ मा बस्दै आएका रामधमलाई आज इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख मिमबहादुर लामाको कमाण्डले पक्राउ गरेको हो ।
प्रहरीले उनी बसेको कोठाबाट एक केजी ७०० ग्राम गैँडाको खागजस्तो देखिने वस्तु एउटा, खैरो हिरोइन २ ग्राम ८०० मिलिग्राम, केही र्आषधि र डिजिटल तराजु बरामद गरेका प्रहरीले जनाएको छ ।
Comments are closed