बिर्तामोड, माघ ९ । झापाको मेचीनगरमा घरमै लागुऔषध ब्राउनसुगरको कारोबार गर्ने एकजना महिलालाई चारआली प्रहरीले पक्राउ गरेको छ ।
हिजो राति १०ः३० बजे प्रहरीले मेचीनगर-१३ की २५ वर्षीया लुबी कामाईको घरमा घरमा खानतलासी गर्दा उनको सुत्ने कोठामा ब्राउनसुगर भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णप्रसाद चन्दका अनुसार कामाईले खैनीको प्याकेटभित्र लुकाएर राखेको ४६० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।
कामाईलाई लागुऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारी राखेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed