बिर्तामोड, माघ १४ । झापाको दमकमा सडक दुर्घटनामा संलग्न युवराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । दमक-९ का ३१ वर्षीय तामाङलाई आज पक्राउ गरिएको हो ।
गत मंसिर ६ गते बिहान दमक-५ का ७९ वर्षीय केवल भन्ने कमलप्रसाद खरेललाई तामाङले चलाएको मिनिट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।
पीडितको जाहेरीको आधारमा दुर्घटनामा संलग्न को. १ ख ४१४२ नम्बरको मिनिट्रकको चालक तामाङ र मिनिट्रकलाई नियन्त्रणमा लिई सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गको पाथिभरा पेट्रोल पम्पपूर्व सडक किनारामा ट्रकको ठक्करबाट खरेल अचेत अवस्थामा भेटिएका थिए । उनको पछि मृत्यु भएको थियो ।
Comments are closed