बिर्तामोड, माघ २५ । झापाको कनकाईमा लागुऔषध कारोबार भइरहेको अवस्थामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कनकाई-४ त्रिवेणी टोलका ३१ वर्षीयको डम्बरबहादुर माझी रहेका छन् ।
उनले हिजो राति ८ः३० इलाका प्रहरी कार्यालय सुरुंगाले गोप्य सूचनाको आधारमा नियन्त्रण लिएको हो । उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्लास्टिकबाहेक ६४० मिलिग्राम बरामद गरिएको छ ।
Comments are closed