![](https://jhapatoday.com/wp-content/uploads/2023/10/death2.jpg)
बिर्तामोड, माघ २५ । झापाको बिर्तामोडमा केटीसाथीसँग राति होटलमा बसेका पुरुषको मृत्यु भएको छ । उनी कोठामा बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
झापा हल्दिबारी-१ गोल्धापका ३० वर्षीय सागर बेस्रा हिजो राति बिर्तामोड-४ को एभरेस्ट होटल एन्ड लजमा केटीसाथी २३ वर्षीया मुना विकसँगै सुतेका थिए ।
धरान उपमहानगरपालिका-१५ घर भई हाल कनकाई ७ दुर्गापुर बस्दै आएकी विकसँग राति खाना खाएर सुतेका बेस्रा कोठाभित्र बाथरुमको ढोकाको छेउ भुइँमा लडेर बेहोस भएका थिए ।
बेस्रा बेहोस भएपछि विक र होटल सञ्चालक बिर्तामोड-५ की ४८ वर्षीया यामकुमारी उप्रेतीले उपचारका बिहान ०१ः२० बजे लागि बिर्ता सिटी अस्पताल लगेका थिए ।
चिकित्सकले बेस्रालाई ०१ः३५ बजे मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहीले होटल सञ्चालक उप्रेती र विकलाई नियण्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
Comments are closed