![](https://jhapatoday.com/wp-content/uploads/2025/02/trail.jpg)
बिर्तामोड, माघ २९ । झापाको बिर्तामोडमा एकजनाको नाममा अर्काे व्यक्तिले मोटरसाइकलको लाइसेन्स परीक्षा दिँदै गर्दा दुवैजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
प्रयोगात्मक परीक्षामा इलाम माङसेबुङ-३ बस्ने ३४ वर्षीय सुजन राईको सट्टामा पाँचथर मिक्लाजुङ-४ बस्ने ३८ वर्षीय सुजन राईले परीक्षा दिँदै गरेको अवस्थामा दुवैजना पक्राउ परेका हुन् ।
यातायात व्यवस्था कार्यालय झापाबाट कान्तिपुर ट्रायल सेन्टर बिर्तामोडमा आइतबार सञ्चालन भएको ए.के. वर्गको परीक्षामा उनीहरु पक्राय परेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको छ ।
दुवैजनालाई म्याद थप गरी अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।