२०८३ बैशाख २५ शुक्रबार
Jhapa Today
Adv top

भद्रपुरका गुड्डु अहमद वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ


बिर्तामोड, चैत २२ । प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दाका आरोपी झापा भद्रपुरका एकजना युवालाई पक्राउ गरेर मुद्दा चलाएको जनाएको छ ।

वैदेशिक रोजगारीको लागि अजरबैजन पठाइदिन्छु भनी ठगी गर्ने झापा भद्रपुर-४ का ३८ वर्षीय गुड्डु अहमदलाई काठमाडौँबाट आज पक्राउ गरिएको हो ।

काठमाडौँ उपतयका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार उनीविरुद्ध वैदेशिक रोजगार विभाग ताहचलमा ठगी मुद्दामा जाहेरी दर्ता भई पक्राउ पुर्जी जारी भएको थियो ।

अहमदले दुईजना युवासँग १६ लाख २९ हजार ५०० रुपैयाँ लिएको प्रहरीले जनाएको छ । उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

Adv footer