२०८३ बैशाख २५ शुक्रबार
Jhapa Today
Adv top

हल्दिबारीमा पाँचथरका वृद्ध मृत भटिए


बिर्तामोड, बैशाख २५ । झापा हल्दिबारीमा एकजना वृद्ध मृत भेटिएको प्रहरीले जनाएको छ । उनी पैनीमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पाँचथरको कुम्मायक गाउँपालिकाका ८० वर्षीय मानभक्त लावती आज बिहान ६ बजे हल्दिबारी-१ स्थित पैनीमा मृत भेटिएका हुन् ।

लावती हिजो दिउँसो ४ बजेदेखि हराएका थिए । उनी हल्दिबारी-१ कोचाटोलीमा छोरीको घरमा बस्दै आएका थिए ।

हिजो दिउँसोदेखि हराएपछि आफन्त र स्थानीयले खोजी गर्दा उनी फेला परेका थिएनन् । आज बिहान ६ बजेको कुमारी साशंकरले घाँस काट्न जाने क्रममा पैनीमा लावतीलाई मृत अवस्था देखेकी थिइन् ।

Adv footer