२०८२ बैशाख २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरको भेटेरनरी अस्पतालमा डक्टर राईद्वारा कर्मचारीमाथि हथौडा प्रहार


बिर्तामोड, बैशाख २३ । झापाको भद्रपुरस्थित भेटेरनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका एकजना चिकित्सकले अर्का कर्मचारीलाई कुटपिट गरेका छन् । घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अस्पतालका डक्टर सुजन राईले सोमबार बेलुका सहायक पाँचौँ तहमा कार्यरत रोहित महतलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।

घटनाअनुसार वीर्य अर्थात सिमोन र नाइट्रोजनको भण्डार रेखदेख गर्ने महतसँग डक्टर राईले सिमोन मागेका थिए । हाकिमसँग मुखमुखै लाग्छस् भन्दै डक्टर राईले महतमाथि निर्घात कुटपिट गरेको बताइएको छ ।

महतले पहिला नै लगेको सिमोनको ५०० रुपैयाँ दिन बाँकी रहेका कारण पहिलाको रकम चुक्ता गरेपछि मात्र सिमोन दिने बताएपछि राई महतमाथि हथौडा प्रहार गरेको अर्का कर्मचारीको भनाइ छ ।

उनीहरुको झगडा छुट्याउने क्रममा अर्का कर्मचारी दिवाकर सुनरोहितको टाउकोमा चोट लागेको छ । डक्टर राईको हातमा भएको हतौडा खोस्ने क्रममा दिवाकरको टाउको फुटेको हो ।

Adv footer