२०८२ बैशाख २५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधाराबाट ब्राउन सुगरसहित राजवंशी पक्राउ


बिर्तामोड, बैशाख २५ । प्रहरीले झापाको अर्जुनधाराबाट प्रतिबन्धित लागुऔषधसहित स्थानीय एकजना कारोबार गर्ने युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा–८ का ३२ वर्षीय अर्जुन राजवंंशी रहेको छन् । लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले खानतलासी लिँदा राजवंशीलाई विभिन्न किसिमका लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ ।

राजवंशीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ५०० मिलिग्राम र घरबाहिर दाउरा राख्ने कटेरामा लुकाएर राखेको ३ ग्राम ९० मिलिग्राम, ९ वटा एम्पुल र नगद २७ हजार ६७० बरामद गरिएको प्रहरीले जनाएको छ ।

Adv footer