बिर्तामोड, बैशाख २६ । झापाको शिवसताक्षीमा एकजना नाबालिकाको धान खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
शिवसताक्षी-८ मनहरा बस्ने लुखिराम टुडूकी १५ महिनाकी छोरी रोसिका टुडू घरनिजकै रहेको खगेन्द्र खड्काको धान खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।
हिजो बिहान ९ः३० बजे रोसिकाकी आमा कल्पनाले उनलाई डुबेको अवस्थामा देखेर निकाल्न खोज्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।