२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरका दुई युवा ब्राउन सुगरसहित पक्राउ


बिर्तामोड, बैशाख २६ । प्रहरीले मेचीनगरका दुईजना युवालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरुलाई सीमावर्ती काँकरभिट्टा बजारको बर्मेली टोलबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर १२ बस्ने १९ वर्षीय भूमिराज राई र सोही ठाउँ बस्ने २२ वर्षीय ईश्वर राई रहेका छन् ।

उनीहरु हिजो दिउँसो १ः३० बजे मेचीनगर ६ बर्मेली टोलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरुमाथि शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट प्लास्टिकसहित १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर भेटिएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer