२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा लिम्बूको मृत्यु, एक घाइते


दमक, बैशाख २८ । झापाको दमकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । हिजो राति १० बजे रवि बस स्ट्यान्डमा दुर्घटना भएको हो ।

दमकको फाल्गुनन्द चोकदेखि हबल्दार चोकतर्फ जाँदै गरेको स्कुटरलाई रवि स्ट्यान्ड गेटअगाडि बेलडाँगीतर्फबाट आइरहेको ट्रकले ठक्कर दिँदा २२ वर्षीय अङ्कित लिम्बूको मृत्यु भएको हो ।

ताप्लेजुङ फक्ताङलुङ-५ तापेथोक दोभान घर भएका लिम्बू दमक थकाली किचनमा काम गर्दै आएको बताइएको छ । मे. ८ प ४५५८ नम्बरको स्कुटरमा रहेका उनलाई ग. १ ख ६४३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

स्थानीयबासीका अनुसार लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा स्कुटरमा पछाडि रहेकी पाँचथर मिक्लाजुङ–४ की ४२ वर्षीया सिर्जना राई गम्भीर घाइते भएकी छन् ।

घाइतेलाई तत्काल दमक अस्पतालमा सामान्य उपचार गरेपछि बिएन्डसी अस्पताल ल्याइएको छ । दुर्घटनापछि ट्रक चालक भागेका छन् भने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Adv footer