२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधाराको टाङटिङ खोलाबाट सातवटा ट्रयाक्टर नियन्त्रणमा


बिर्तामोड, बैशाख २८ । सशस्त्र प्रहरीले झापा अर्जुनधारा नगरपालिकाको क्षेत्र भएर बग्ने टाङटिङ खोलको निषेधित क्षेत्रबाट सातवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक राउतको टोलीले हिजो र आज अवैध उत्खनन् गरिरहेका ट्रयाक्टर नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरीले प्र. १–०१–००१ त ८२३०, मे.१ त ४३४२, प्र.१–०१–००१ त ८२३०, प्र. १–०३–००१ त २३९५, प्र. १–०१–००१ त ८०३५, प्र १-०१-००१ त ८९७९ र प्र. १-०१-००१ त ९४६६ नम्बरका ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रयाक्टर आवश्यक कारबाहीका आज ११ः३० बजे अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

Adv footer