बिर्तामोड, बैशाख २८ । झापाको अर्जुनधारामा रकम लेनदेनको विषयमा विवाद हुँदा एकजना युवा घाइते भएका छन् । उनलाई अस्पताल भर्ना गरिएको छ ।
झापाको अर्जुनधारा–१ मा चारजना युवाहरुले स्थानीय किशोर खवासमाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते खवासको बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अर्जुनधारा–१ मदनपुरमा शनिबार बेलुकी रोहण गौतम, रोशन कार्की, श्याम सार्की र नाम नखुलेका अर्का एकजनाले खवासमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट खवासको टाउकामा चोट लागेको छ ।
प्रहरीले कुटपिटमा संलग्न भएको अभियोगमा सोही स्थानका गौतमलाई पक्राउ गरेको जनाएको छ । अरु तीनजना भागेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।