बिर्तामोड, बैशाख २८ । झापाको दक्षिणपूर्वी पालिका कचनकवलमा बाटोमा लडेर युवतीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


मृत्यु हुनेमा कचनकवल–३ दल्कीस्थित सन्थालबस्ती बस्ने २६ वर्षीया आश्मा मर्डी रहेकी छन् । आज बिहान ६ बजे उनी घरनजिकै बाटोमा मृत भेटिएकी थिइन् ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विदेन मर्डीकी २६ वर्षीया छोरी आश्मा घरदेखि अन्दाजी २५ मिटर उत्तर बाटोमा मृत अवस्थामा भेटिएपछि भाइ सफल मर्डीले शव घरमा ल्याएका थिए ।


घटनाबारे प्रहरी चौकी पथरियामा जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पथरियाबाट टोली गएको थियो । ती युवतीको बाहिरी चोटपटक केही देखिएको छैन ।