
बिर्तामोड, बैशाख ३० । झापाको कनकाई नगरपालिकाको सुरुंगा बजारदेखि दुई किलोमिटर दक्षिणमा एउटा बेवारिसे मोटरसाइकल फेला परेको छ ।
आज बिहान अन्दाजी ८ः३० बजे कनकाई नगरपालिका वडा नम्बर ३ टप्पुचोकस्थित न्यौपाने फर्निचर अगाडि मे.४ प ८४१४ नम्बरको १६० सिसीको सेतो रंगको टिभिएस अपाचे मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको हो ।
त्यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट टोली खटिएर उक्त मोटरसाइकल कार्यालयमा ल्याएर राखिएको छ । मोटरसाइकलको चेचिस नम्बर डि६३४इके६९सि२सि२३०७ रहेको छ भने इन्जिन नम्बर कोरिएको प्रहरीले जनाएको छ ।