बिर्तामोड, जेठ १९ । प्रहरीले झापाको काँकरभिट्टाबाट एक हजार दरका एक लाखबराबारको नक्कली नोटसहित एकजना पुरुषलाई पक्राउ गरेकी छन् ।
पक्राउ पर्नेमा तेह्रथुम फेदाप गाउँपालिका वडा नम्बर २ ओयाक्जुङका २८ वर्षीय गणेश भारती रहेका छन् । उनलाई हिजो राति ९ बजे मेचीनगर–६ काँकरभिट्टामा रहेको नेपाल बैंक अगाडिबाट नक्कली नोटसहित पक्राउ गरिएको हो ।
भारती शंकास्पद हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट नेपाली दर नोट १ हजारको जस्तो देखिने बुङलाई रबरले बाँधेको अवस्थामा भेटिएको थियो ।
नक्कली नोटसहित भारतीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।