
दमक, जेठ २४ । झापाको दमकमा प्रहरीले एकै दिन अनाधिकृत गतिविधि गर्ने, लागुऔषध सेवन गर्ने र मदिरा पिएर हिँड्ने ५० जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकले स्विप अपरेसन गरेर एकैरात ५० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु रातको समयमा हिँडडुल गर्नेहरु रहेका छन् ।

उनीहरुलाई दमक ६, ७ र ८ वडा नम्बरका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । १०ः३० बजेबाट सुरु भएको अपरेसन ११ः४० बजेसम्म चलेको थियो ।

दमक बजार, पशुहाट, बसस्ट्यान्ड लगायतका क्षेत्रमा अपरेसन गरिएको दमक प्रहरीले जनाएको छ । राति ५० जनालाई पक्राउ गरिएकोमा स्क्रिनिङ गरी १६ जनालाई राति नै छाडिएको थियो ।

त्यस्तै, ३४ जनालाई नियन्त्रणमै राखिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ उर्लाबारी–८ बस्ने ४१ वर्षीय राजकुमार धिमाल, सोही ठाउँ बस्ने ३५ वर्षीय सोमबहादुर धिमाल, ३५ वर्षीय अर्जुन धिमाल, मोरङ जहदा–२ बस्ने २७ वर्षीय सन्त किस्कु, दमक–९ बस्ने २२ वर्षीय रामबाबु मर्डी, सोही ठाउँ बस्ने २२ वर्षीय बाबुराम मर्डी रहेका छन् ।
त्यस्तै, दमक–८ बस्ने १९ वर्षीया रोनिसा मगर, सोही ठाउँ बस्ने २० वर्षीया कल्पना मगर, २० वर्षीय पवन गिरी, भारत किशनगञ्ज थाना खनियाबोध बस्ने ३१ वर्षीय साकिर आलम, सुनसरी भोक्राहा नरसिंह–६ बस्ने १८ वर्षीय शिव उराव, सोही ठाउँ बस्ने १७ वर्षीय सागर उराव, २१ वर्षीय विशाल उराव, १६ वर्षीय कुमार उराव, १८ वर्षीय वसन्त उराव र २८ वर्षीय अनिल उराव रहेका छन् ।
त्यस्तै, दमक–५ बस्ने ३४ वर्षीय बलबहादुर नेपाली, ३८ वर्षीय मोहन गुरुङ , वडा नम्बर–७ बस्ने १४ वर्षीय सुनिल बर्देवा, बिर्तामोड बस्ने ४० वर्षीय अनिल लिम्बू, बाह्रदशी–६ बस्ने १४ वर्षीय विशाल पण्डित, १७ वर्षीय करण राजवंशी, १८ वर्षीय भविस राजवंशी रहेका छन् ।
त्यस्तै, पाँचथर फाल्गुनन्द–४ बस्ने २१ वर्षीय जीवन नेम्वाङ, २१ वर्षीय योगेन्द्र लिम्बू, १७ वर्षीय सविन नेम्वाङ, सुनसरी इटहरी–१२ बस्ने ३५ वर्षीय दिनेश भण्डारी, मोरङ उर्लाबारी–७ बस्ने २२ वर्षीय अमित सरदार रहेका छन् ।
ग्रामथान–२ बस्ने १७ वर्षीय साजन सरदार, १६ वर्षीय अनिल सरदार, दमक–७ बस्ने १६ वर्षीय रियान विश्वकर्मा, वडा नम्बर ५ बस्ने १९ वर्षीय सचिन राई, वडा नम्बर १ बस्ने १९ वर्षीय राकेश शेर्मा लिम्बू र वडा नम्बर–५ बस्ने १७ वर्षीय साहिल कुमाल रहेका छन् ।