२०८२ जेठ २४ शनिबार
Jhapa Today
Adv top

पूर्वराष्ट्रपति भण्डारीद्वारा बिर्तामोडमा विज्ञान प्रदर्शनीको उद्घाटन


बिर्तामोड, जेठ २४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले झापाको बिर्तामोडमा आयोजित कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी छन् ।

बिर्तामोडको देवी माध्यमिक विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीलाई मोबाइलको एप्सबाट दिप प्रज्वलन गरेर भण्डारीले उद्घाटन गरेकी हुन् ।

नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश कमिटीको आयोजनामा तीन दिने प्रदर्शनी सञ्चालन भएको हो ।

विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश कमिटी अध्यक्ष गणेश पोखरेलको अध्यक्षता तथा पूर्वराष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा भइरहेको कार्यक्रममा पूर्वमुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बू, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुलगायत करिब १२ सयजनाको उपस्थिति रहेको जनाइएको छ ।

प्रदर्शनीमा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गरिने बताइएको छ । प्रथम हुने विद्यालयले नगद चार लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

Adv footer