२०८२ जेठ ३० शुक्रबार
Jhapa Today
Adv top

अनारमनीका विद्यार्थीलाई विद्यालय पोशाक


बिर्तामोड, जेठ २९ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित अनारमनी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यशोदा चापागाईं र प्रधानाध्यापक टंक कटुवाललाई १४५ जना विद्यार्थीको पोशाक हस्तान्तरण गरिन् ।

बिर्तामोड नगरपालिकाले सबै सामुदायिक तथा धार्मिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई हरेक वर्ष विद्यालय पोशाक वितरण गर्दै आएको छ ।

Adv footer