२०८३ बैशाख ७ सोमबार
Jhapa Today
Adv top

सुनचाँदीको भाउमा गिरावट


बिर्तामोड, बैशाख ७ । सुनचाँदीको मूल्य सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १,३०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले ओरालो लागेको छ।

मूल्य घटेसँगै आज सुनको भाउ तोलाको २ लाख ९९ हजार ७०० रुपैयाँमा झरेको छ। यसअघि हिजो सुनको भाउ १,२०० रुपैयाँले बढेर ३ लाख १ हजार रुपैयाँ पुगेको थियो।

त्यसैगरी चाँदीको मूल्य आज ३५ रुपैयाँले घटेर तोलाको ५ हजार १९० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ पुगेको थियो।

Adv footer