२०८३ बैशाख ८ मंगलबार
Jhapa Today
Adv top

इन्डो–नेपाल यु–१३ क्रिकेटः उपाधिका लागि बोस्टन र सरस्वती खेल्दै


बिर्तामोड, बैशाख ८ । इन्डो–नेपाल यु–१३ टि–२० क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनल खेलमा आज बोस्टन क्रिकेट एकेडेमी र सरस्वती क्रिकेट एकेडेमी प्रतिस्पर्धा गर्दैछन् । खेल अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा हुँदैछ ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा इनरुवा क्रिकेट एकेडेमीलाई हराउँदै बोस्टन उपाधिनजिक पुगेको हो । त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा कोलकाताको क्रिकेट जोन अन्दलालाई २ विकेटले पराजित गर्दै सरस्वती क्रिकेट एकेडेमी फाइनलमा प्रवेश गरेको हो ।

अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा भइरहेको प्रतियोगिताको मुख्य प्रायोजक नवनीत एकेडेमी रहेको छ ।

प्रतियोगितामा भारतका २ र नेपालका ८ सहित १० टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Adv footer