२०८३ बैशाख ८ मंगलबार
Jhapa Today
Adv top

भद्रपुरमा दुई समूहबीच झडपः एक घाइते, चार पक्राउ


भद्रपुर, बैशाख ८ । झापाको भद्रपुरमा दुई समूहबीच झडप हुँदा एकजना घाइते भएका छन् । घटनामा संलग्न चारजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

भद्रपुर ४ मन्त्री चोकमा आयोजित राधाकृष्णको अष्टजाममा दुई समूहबीच कुटाकुट भएको हो । हिजो राति ९ः३० बजे अष्टजाम हेर्न जाँदा दुई समूहबीच झगडापछि कुटाकुट भएको हो ।

घटनामा कचनकवल ४ बस्ने १७ वर्षीय विक्रम माझी घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । टाउको र कानमा चोट लागेका माझीको अवस्था मध्यम रहेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएर कुटपिटमा संलग्न चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर ७ बोक्तोबारी बस्ने १८ वर्षीय आदित्य सहनी, सोही ठाउँ बस्ने १९ वर्षीय रोमन मिस्त्री, १८ वर्षीय विवेक राजवंशी र वडा नम्बर ६ फुटानीचोकका १८ वर्षीय प्रल्हाद राजवंशी रहेका छन् ।

Adv footer