
बिर्तामोड, जेठ १९ । झापाको हल्दिबारीमा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । झापामा एक सातायता अत्यधिक गर्मी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी गाउँपालिका–२ पशुपति चोकपू्र्व बस्ने लुखी हेमरमको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो ।

कमल राईको चिया बगानबाट पशुपति चोक जोड्ने बाटोमा उनी आज मध्यान्हतिर मृत अवस्थामा फेला परेकी थिइन् ।

मादक पदार्थ सेवन गरेकी हेमरम अत्यधिक गर्मीका कारण बाटोमै ढलेकी हुन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी हल्दिवारी र को प्रहरी टोली पुगेर घटनास्थल पुगेको थियो ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेको बताइएको छ । आज झापाको तापक्रम ३७ डिग्रीसम्म पुगेको थियो ।







